शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ॐ हेल्थ क्याम्पसमा कर्मचारीको रोजिरोटी खोस्ने दाऊ !

मंगलबार, कार्तिक ३० २०७८

काठमाडौँ । ओम अस्पताल एण्ड रिसर्च सेन्टरको स्वामित्वमा रहेको चाबहिल स्थित ॐ हेल्थ क्याम्पस बिक्रिको विज्ञापन कान्तिपुर दैनिकमा प्रकाशित भएपछी क्याम्पसमा आवद्ध कर्मचारीहरु आक्रोशित भएका छन।

कर्मचारीलाई थाहै नदिई एकाएक क्याम्पस बिक्रिको सुचना आएको भन्दै संस्थाको आधिकारिक युनियनसंग समोन्वय नगरी संचालकको एकलौटी निर्णयले क्याम्पस बेच्न लागिएकोमा युनियनले बिरोध जनाएको छ। आधिकारिक युनियनसंग सर-सल्लाह र समोन्वय नगरी  क्याम्पस बेचिएमा जस्तोसुकै परिस्थितिको सामना गर्न युनियन बाध्य हुने युनियनका एक पदाधिकारीले बताए।

ॐ अस्पतालमा नयाँ  संचालकमा डा. आनन्द श्रेष्ठ आएपछी  ॐ हेल्थ क्याम्पस  बेचेर त्यहाँ कार्यरत कर्मचारीको रोजिरोटी खोस्न यस्तो निर्णय संचालक चियरमेन डा. श्रेष्ठले लिएको कर्मचारीहरुको आरोप छ।

ॐ अस्पतालको मात्रै क्याम्पसमा ५१ प्रतिशत  शेयर रहेको छ। राम्रो अवस्थामा चलिरहेको क्याम्पस एका एक बिक्रिको सूचना आउँदा कतिपय संचालकहरुले भने असन्तुष्टि व्यक्त गरेका छन। क्याम्पसले CTEVT बाट सम्वन्धन प्राप्त PCL Nursing र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त BPH,BSC Nursing र BN कक्षा संचालन गर्दै आएको छ।