शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गठबन्धन उपनिर्वाचनसम्म मात्र हो : देउवा

सोमबार, कार्तिक २९ २०७८

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालको गठबन्धनको सहकार्य आगामी उपनिर्वाचनसम्म मात्र भएको स्पष्ट पारेका छन् ।

आगामी चुनावमा गठबन्धन गर्नेबारे कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिदै सभापति देउवाले गठबन्धनको सहकार्य प्रतिनिधिसभासम्म नहुने स्पष्ट पारेका हुन् ।

नेपाली कांग्रेसको आइतबार बसेको बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा देउवाले आगामी प्रतिनिधिसभाको बैठकमा गठबन्धन गर्ने बारे कुनै सहमति नभएको जिकिर गरे ।

प्रधान मन्त्री देउवाले गठबन्धन दलहरूबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने दोहोर्‍याए । गत कात्तिक २२ मा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र (समन्वय समिति) गठन गरेको थियो ।