शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानन्यायाधीशलाई सर्वोच्चमा पस्न दिँदैनौँ– बार अध्यक्ष श्रेष्ठ

बिहिबार, कार्तिक २५ २०७८

काठमाडौँ l नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिचौलियाको नाइके भएको आरोप लगाएका छन्। 

प्रधानन्यायाधीशको भूमिकालाई लिएर सर्वोच्च अदालत परिसरमा जारी प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘न्यायपालिकामा भ्रष्टाचार व्याप्त छ। प्रधानन्यायाधीश बिचौलियाको नाइके बने। बिचौलियाको नाइके बने। त्यसैले हामीलाई चाहिएको छैन।’

न्यायपालिकामा स्वच्छ न्याय दिने प्रधानन्यायाधीश चाहिएको उनको भनाइ छ। अब नेपाल बार मात्रै नभएर सर्वसाधारण जनता पनि आन्दोलनमा जुट्न आह्वान गरे। 

श्रेष्ठले भने, ‘भोलिबाट प्रधानन्यायाधीशलाई गेटमा प्रवेश गर्न रोक्छौँ। हामी मात्रै होइन। अब नागरिकहरूलाई पनि सडकमा आउनुपर्छ। बिचौलिया र भ्रष्टाचारीले बचाउन खोजे।’ 

आफूहरूले तोकिएको क्षेत्रभित्र शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरी लगाएर बल प्रयोग गरेको आरोप लगाए। न्यायपालिका सुधारको लागि राजीनामापछि पनि सम्पत्ति विवरण सार्वजनिक गर्न बाध्य बनाउने चेतावनी दिए। 

सर्वोच्च परिसरमै कानुन व्यवसायीहरूले ‘बिचौलिया र भ्रष्टाचारीको रक्षक चोलेन्द्र शमशेर राजीनामा दे!’ भन्दै नारासमेत लगाएका थिए।