शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

निष्ठा र पवित्रताको पर्व छठ आजबाट सुरु , नदी तथा तलाउ दुलहीझै सिंगारिदै

सोमबार, कार्तिक २२ २०७८

काठमाडौं । तिहार सकिए लगत्तै मिथिलाञ्चलको मुख्य पर्व छठ आजदेखि शुरु भएको छ । निष्ठापूर्वक ४ दिनसम्म मनाइने छठ पर्व आज  ‘नहाय खाए’ विधिबाट सुरु भएको हो ।  

अत्यन्तै निष्ठापूर्वक मनाइने भएकाले छठलाई सबैभन्दा कठोर पर्वको रूपमा समेत लिने गरिएको छ। यस पर्वमा व्रतालुले आज पहिलो दिन ‘नहायखाए’ गर्छन् भने दोस्रो दिन खरना, तेस्रो दिन डुब्दै गरेको र चौंथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिने चलन छ ।

छठका लागि  मिथिलाको प्राचीन राजधानी रहेको जनकपुरधाममा पोखरीहरूलाई सजाएर चिटिक्क पारिएको छ ।

जनकपुरका रामायणकालीन पोखरी धनुष सागर, गंगा सागर, अंगराज सरोवरलगायत पोखरीमा भव्य रूपमा छठ पर्व मनाउने गरिएको छ। अहिले विभिन्न पोखरीमा रहेको छठ पूजा समिति तथा स्थानीय युवा क्लबले पोखरी सजाउने काम गरिरहेका छन्।

त्यस्तै काठमाडौं उपत्यका लगायतका ठाउँमा पनि छठका लागि नदि तथा नदि किनारमा छठको तयारी भब्य गरिएको छ।