शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सल्यानमा बस दुर्घटना, ५ जनाको घटनास्थलमा मृत्यु

आइतबार, कार्तिक २१ २०७८

काठमाडौं । सल्यानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।  सल्यानको कपुरकोटको खारखोलानजिक ना २ ख २५५२ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

तुलसीपुर जादै गरेको बसमा कति यात्रु थिए भन्ने अझै यकिन भएको छैन । उद्दारका लागि प्रहरी टोली घटनास्थल तर्फ गइसकेको सल्यान प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । 

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।