शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देउसी टोलीलाई बसले ठक्करदिँदा दुईजनाको घटनास्थलमै मृत्यु, अन्य आठ जना घाइते

आइतबार, कार्तिक २१ २०७८

काठमाडौं । मकवानपुरको हेटौंडामा  बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । आठ जना पैदल यात्रु घाइते भएका छन् ।

बसको ठक्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीका २० वर्षिय सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षिय प्रेमबहादुर सिंह ठकुरीको घटनास्थलमै मृत्यु भएको हो ।  

घाइतेमध्ये एक जना गम्भिर छन् । उनको चितवनमा उपचार भइरहेको छ । नारायणगढ जादै गरेको बसले देउसी खेल्न हिडेका सर्वसाधारणलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् ।  

आगो निभाउन पुगेको दमकललाई समेत स्थानीयले  तोडफोड गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्ज गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल घाइते भएका छन् ।