काठमाडौं । अफ्रिकन मुलुक कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले एक प्रेस विज्ञप्ति जारी गरी डा. मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले सो पुरस्कार प्रदान गर्ने बताइएको छ । डा मल्ल कङ्गोस्थित शान्ति सेनामा स्वास्थ्य तथा वातावरण एकाइका प्रमुख हुन्।
उनले राजधानी किन्सासामा सो एकाइ स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रसंघले पुरष्कृत गर्न लागेको हो ।