काठमाडौं । ललितपुर उपमहानगरपालिका वडा नम्बर १२ पाटनको मंगलबजारमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ भएको आगलागीमा एकै परिवारका चार जनाको मृत्यु भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
आगलागीबाट लक्ष्मीकृष्ण ताम्राकार, उनकी छोरी अञ्जना ताम्राकार, बुहारी रञ्जना ताम्राकार र नाती निर्जल ताम्राकारको मृत्यु भएको हो । प्रहरी र स्थानीयले पाँच जनाको उद्दार गरेका छन् । दुई जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
घरको तेस्रो तलामा दियोबाट आगो सल्किएको र आगो बढ्दै गएर भान्छामा रहेको ग्यास सिलिण्डरसमेत पड्किएको ललितपुर प्रहरीले जनाएको छ ।
चार तले काठको कच्ची घर रहेको र साँघुरो गल्ली भएकाले दमकल छिर्न गाह्रो भएको थियो ।