शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जुवाडेको तासमा वर्षेनि मुलुकबाट बाहिरिन्छ २८ करोड !

शुक्रबार, कार्तिक १९ २०७८

काठमाडौँ । जुवा खेलेर कैयनले घर सम्पत्ति गुमाएको त टन्नै भेटिन्छ । तर, यहि जुवामा प्रयोग हुने तासका लागि मुलुकबाट कति रकम बाहिरिएला ?

जुवा खेल्न प्रयोग हुने तास नेपालमावर्षेनि २८ करोड बराबरको आउने गरेको छ । यस्तो तास अमेरिका, बेलायत, सिंगापुर, चीन, भारत, अष्ट्रेलिया जस्ता मुलुकबाट आउने गरेको  भन्सार विभागको आकडा छ  ।

गतवर्ष कुलतास भने १ करोड ३९ लाखपिस आयातभएको देखिन्छ । त्यो भन्दा अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०७६/०७७मा १ करोड ३२ लाखप्याकेट आएको थियो  । नेपालआयातहुने यस्तो तास आर्थिक वर्ष २०७५/०७६ मा त १ करोड ५२ लाखप्याकेट आएको  थियो ।

तास बढि जसो चिनबाट आयातहुने गरेको देखिन्छ । गतवर्ष मात्रै चिनबाट १ करोड २२ लाखपिस तास आयातभएको थियो भने यसकालागि देशबाट चिनतर्फ २५ करोड ५५ लाख रुपैयाँबाहिरिएको थियो ।

यस्तो तास आयातगर्दा मुलुक १४ करोड राजस्वप्राप्तभएको छ  ।  बिगत ५ वर्षमा देशमा १ अर्ब६ करोड बराबरको तास आयातभएको छ । नेपालमाआयातभएको तासको अवस्था हेर्दा ३ करोड ४ लाख नेपालीमध्ये २ जनालाई  १ तासको १ प्याकेट पर्ने देखिन्छ ।