शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

साढे ५ सय मेगावाटसम्म विद्युत खेर जाने अवस्थामा, प्राधिकरण भन्छ- सकेको उपयोग गर्नुस्

बिहिबार, कार्तिक १८ २०७८

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहारमा विद्युतको अधिकतम प्रयोग गर्न उपभोक्तामा आग्रह गरेको छ ।

आजदेखि उद्योग कलकारखाना बन्द हुनाले ४ सय देखि साढे ५ सय मेगावाट सम्म विद्युत खेर जाने अवस्था रहेकाले खपत बढाउन प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको हो ।

नेपालले भारतलाई पहिलो पटक विद्युत बेच्न समेत सुरु गरेको छ । यसअघि वर्खायाममा बढी भएको विद्युत दिने र हिउदमा ल्याउने आलोपालो प्रणाली भइरहेकोमा भने अहिले दैनिक ३९ मेगावाट विद्युत बेचिरहेको प्राधिकरणले जनाएको छ ।

अहिले सोही परिमाणका लागि मात्र स्वीकृत पाएको र यसलाई विस्तारै बढाउदै लैजाने योजनामा विद्युत प्राधिकरण छ ।