शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पौडेलले समाले वेलायतको बागडोर !

बुधबार, कार्तिक १७ २०७८

प्रतिवद्धता र संस्थागत सुशासनमा अव्वल बन्ने 

इस्ट लन्डन, नोभेम्बर ३ । नेपाली जनप्रगतिशील मञ्च यूकेको साउथ इष्ट लन्डन एरियाको अध्यक्षमा हरि पौडेल निर्वाचित भएका छन् । मंगलबार प्लमस्टिडमा सम्पन्न मञ्चको पहिलो क्षेत्रीय अधिवेशनबाट पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

पौडेलकै अध्यक्षतामा भएको कार्यक्रमको विशेष अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष एवम् पार्टीका बेलायत सल्लाहकार कर्मा पहाडी शेर्पा रहेका थिए । त्यस्तै, सङ्गठन विभाग प्रमुख मान बहादुर गुरूङ, महिला इञ्चार्ज विमला लिम्बु, युवा तथा विद्यार्थी इञ्चार्ज नविन स्याङ्तान, नेपाली जनसम्पर्क समिति यूकेका कोषाध्यक्ष कुश बस्नेतहरूको समेत उपस्थिति रहेको थियो ।

अध्यक्षमा निर्वाचित भए पछि पौडेलले संगठन सुदृढीकरण गर्दै प्रगतिशील बिचारधारा बोक्नेहरुलाई एकै ठाउँमा उभ्याउने प्रयास थाल्ने बताएका छन्।नवनिर्वाचित अध्यक्ष पौडेलले भने,’वेलायतमा रहेका अन्य संघ संस्थाहरुसँग पनि समन्वय गर्दै समाजलाई एकीकृत गर्दै अगाडि बढाउँनका लागि पनि तत्पर रहने छु।’

जनप्रगतिशील मञ्च वेलायतमा रहेका नेपालीको प्रतिनिधिमूलक संस्था भएकोले नेपालीले भोगिरहेका समस्याको विषयमा सदैव केद्रित रहने निर्वाचित अध्यक्ष हरि पौडेलले प्रतिवद्धता गरेका छन् l कार्यक्रममा बोल्दै पौडेलले प्रवासमा नेपाली एकतासहित संगठन सुदृढिकरण, आपसी सत्भाव विकासका लागि नेपाली जनप्रगतिशील मंचले सधै अग्रसरता लिने बताएका छन् l

यस्तो छ नयाँ कार्यसमिति

अधिवेशनले पौडेलको नेतृत्वमा ११ सदस्यीय कमिटी समेत गठन गरेको छ । जनप्रगतिशील मञ्च यूकेका अध्यक्ष सुरेश गौतमको प्रमुख आतिथ्यमा भएको अधिवेशनले उपाध्यक्षहरूमा हरि अर्याल र माया केसी, सचिवमा अरुण थापा र कोषाध्यक्षमा हेमा थापा छन् । 

त्यस्तै, सदस्यहरूमा अमर गुरूङ, प्रेम गुरूङ, नवराज थापा मगर, लाक्पा डोमा शेर्पा लामा, नन्द कुमारी गुरूङ र कल्पना गुरूङ शेर्पा लामा रहेका छन् ।