शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

९४ वटा सहकारीमा निक्षेपकर्ताको रकम जोखिममा , १२ सहकारी समस्याग्रस्त

आइतबार, कार्तिक १४ २०७८

काठमाडौँ । गलत तरिकाले कारोबार गरेको र निक्षेपकर्ताको रकम समयमा फिर्ता नगर्ने ९४ वटा सहकारी बिरुद्ध सहकारी विभागमा उजुरी परेको छ । गतल तरिकाले कारोबार गरेकाले यसअघि १२ वटा सहकारी त समस्याग्रस्त भइसकेका छन् ।

सहकारीले बचत फिर्ता नगरेको, बिना जानकारी धितो लिलामी गरेको र निक्षेपकर्ताको रकम अपचलन गरेको भन्दै सहकारी विभागमा उजुरी परेको हो ।

नेपालमा सञ्चालनमा रहेका कैयन सहकारीहरु यो सिद्धान्त र मूल्य मान्यता भन्दा बाहिर गएर सञ्चालनमा छन् ।

सिद्धान्त बाहिर भएर सञ्चालनमा भएकाले नै १२ वटा संस्था त समस्याग्रस्त भइसकेका छन् ।  त्यस्तै यि संस्थामा निक्षेपकर्ताको १ अर्ब १७ करोड बराबरको रकम फसेको छ ।  यसबाहेक ९४ वटा संस्थाको बारेमा सहकारी विभागमा उजुरी परेको छ । निक्षेपकर्ताको रकम फिर्ता नगरेको र रकम फिर्ता नगरेका यस्ता सहकारीमाथि विभागले अहिले छानवीन गर्दैछ ।

सहकारी सञ्चालकहरुले झुट्टा सदस्य तयार गरेर ऋण प्रवाह समेत गर्ने गरेका छन् । केहि सिमित सञ्चालकहरुले निक्षेपकर्ताको रकम चलाउने र अन्य सदस्यहरु ब्याजको लोभमा  सहकारीका आन्तरिक गतिबिधीमा बेखबर हुँदा सहकारीबाट बिचल्ली पर्नेहरु दिनदिनै बढेका छन् ।

देशभरमा करिब ३२ हजार ८ सय सहकारी सञ्चालनमा छन् भने यि सहकारीमा करिब ७ खर्ब बराबरको रकम जम्मा भएको छ । १ सय ४७ वटा सहकारी विभागले अनुगमन गरेपनि ति बाहेकका सहकारी आवश्यक मात्रै होइन दक्ष जनशक्ति नभएका स्थानिय निकाय र प्रदेशलाई  जिम्मा दिइएको छ ।

रकम अपचलन हुन नपाओस् भनेर सरकारले कोपोमिक्स सफ्टवेयरमा सबै सहकारीलाई आवद्ध हुन आगह गरेपनि अहिलेसम्म जम्मा ७ हजार मात्रै यसमा आवद्ध भएका छन् । सरकारले सबै सहकारीलाई कडाईका साथ कोपोमिक्समा आवद्ध हुन दवाव दिनु जरुरी त छ नै सहकारीहरुको सफ्टवेयरमा समेत एकरुपता ल्याउन जरुरी छ ।

सदस्यहरु एक आपसमा मिलेर छरिएको पुँजीलाई एकत्रित गरि अर्थाेपार्जनका काम गर्नेगरि गठन भएका संस्थाहरु सहकारी संस्था हुन् । र यस्तो संस्थामा सबै सदस्यहरुले जम्मा भएको रकम कसले कहाँ लगेको छ  र ऋण बाहेकको रकमका बारेमा  समेत  सबै सदस्यलाई थाहा हुनुपर्छ ।सहकारीका सदस्य नै मालिक तथा त्यसका उपभोक्ता समेत हुन्छन् । तर नेपालमा सञ्चालित सहकारी यो सिद्धान्त भन्दा बाहिर गएर सञ्चालनमा छन् ।