डडेल्धुरा । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस डडेल्धुराको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
ना ८ ख ६१३२ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय (डडेल्धुरा) ले जनाएको छ । बसमा ३२ यात्रु थिए ।
घाइतेलाई उपचारका लागि धनगढी ल्याइँदै छ । घाइते हुनेमा बैतडी, डिलाशैनी गाउँपालिका–६ का ४५ वर्षीय किर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका–८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार–६ का ३० वर्षीय देवदत्त जोशी, ३५ वर्षीय प्रकाश विष्ट र केशवदत्त जोशी र पुर्चौडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट रहेको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत विवरण तथा घाइते अन्य तीन जनाको विवरण आउन बाँकी रहेकोे प्रहरीले जनाएको छ । रासस