काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँण आज बिहान पशुपति मन्दिर पुगेर पूजाअर्चना गरेका छन् । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकै भोलिपल्ट मन्त्री खाँण पशुपति पुगेका हुन् ।
उनले मुलुक तथा जनताको समृद्धिको कामनासहित पूजा गरेको बताएका छन् । मन्दिर दर्शनका क्रममा सर्वसाधारणजस्तै लाईनमा बसेर उनले पशुपतिनाथको दर्शन गरेका हुन् । लाईन लागेरै मन्दिरको मुख्यद्वार पुगेका मन्त्री खाँणले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेका थिए ।
पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायणलगायतका मन्दिरको पनि उनले पूजा गरेका छन् । लाइनमा बसेका सर्वसाधारणसँग कुराकानी गर्दै उनले झण्डै डेढ घण्टा मन्दिर परिसरमा बिताएका थिए ।
श्रीमतीसहित मन्दिर पुगेका खाँणले पूजा गरेपश्चात सञ्चारकर्मीको जिज्ञासामा विसुद्ध मुलुक र जनताको खुसीको कामना गर्न आफु मन्दिर आएको दाबी गरे ।