शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रधानसेनापति शर्मालाई सरकारको अनुमति

शुक्रबार, कार्तिक १२ २०७८

काठमाडौं l प्रधान सेनापति भएपछि औपचारिक भारत भ्रमणमा निस्कन लागेका प्रभुराम शर्मालाई सरकारले त्यसका लागि अनुमति दिएको छ।

शर्मा नेतृत्वको सैन्य टोलीको भारत भ्रमणका लागि मन्त्रिपरिषद्को बिहीबारको बैठकले अनुमति दिने निर्णय गरेको हो। 

भारत र नेपालका सेनाले एक अर्का देशका सेना प्रमुखलाई मानार्थ सेना प्रमुखको उपाधि दिने गरेका छन्।

मन्त्रिपरिषद् बैठकले नेपाली सेनाको उपरथी सरोजप्रताप राणालाई रथीमा बढुवा गर्ने निर्णय पनि गरेको छ।