बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

चांगन अटोले नेपालमा दियो भविष्यमा भित्रिने आफ्नो गाडीहरुको एक झलक 

शुक्रबार, कार्तिक १२ २०७८

काठमाडौँ l धेरै प्रतिक्षा पछि, चीनको नंबर १ प्यासेन्जर ब्रान्ड, चांगन अटो, अन्ततः नेपाली बजारमा आफ्नो विभिन्न प्रिमियम गाडीहरु प्रस्तुत गर्दैछ । सबै अटोमोबाइल उत्साहीहरुका लागि प्रतीक्षा लगभग समाप्त हुन गइरहेको छ । कम्पनीले २ वर्षभित्र ५ वटा उत्कृष्ट गाडीहरु सार्वजनिक गर्दे छ ।

चांगन अटोले आफ्नो प्रीमियम सेडान, एल्सभी को आगमन संगै आफ्नो यात्रा नेपालमा सुरु गर्नेछ । यसगाडीमा प्रयोगकर्ताहरुले लक्जरी, आराम, र कार्यक्षमताको मिश्रणको अनुभव गर्नुहुनेछ । १.४  लि. ब्लू कोर इन्जिन द्वारा संचालित, एल्स्भिन ७–इन्च फ्लोटिंग इन्फोटेनमेन्ट टच स्क्रीन प्रणालीसंग आउँछ । एल्सभीनपछि, एक प्रीमियम लाइफस्टाइल पिक अप, नेपाली सडकमा अनुग्रह हुन गइरहेको छ । 

हन्टरमा उच्च शक्ति र प्रदर्शनको साथसाथै बाहिरी र भित्री आकर्षक डिजाइनहरू पाउन  सकिन्छ। हन्टरमा २३० एम.एमको ल्यादेन ग्राउन्ड क्लियरेन्स हुनेछ जसले गर्दा यसलाई पूर्ण अफ–रोडर बनाउँछ । एल्स्भिन र हन्टर २०२१ मा नेपाली सडकमा आउनेछन् ।

२०२२ वर्षको सुरुवात लक्जरी ऐसयुवि, ओशान एक्स ७ू; को लन्चसंग हुनेछ । ओशान एक्स ७ सुविधाहरू र विलासिताको मिश्रण हुनेछ। यसपछि मध्यम आकारको स्टाइलिश एस.यू.भी, सीऐस ३५ प्लस लन्च गरिनेछ । सीएस ३५ प्लसले गुणस्तर डिजाइन संगै आरामदायक ड्राइभिंग अनुभव पनि प्रदान गर्दछ । २०२२, एक  उच्च एस्. यु. भी, युनि–टिू; को आगमन संग समाप्त हुनेछ । यस गाडीमा प्रयोगकर्ताहरूलाई भविष्यको डिजाइनका साथ, अद्भुत अनुभूति दिनका लागि आवश्यक पर्ने कुराहरू छन् ।

युनि–टि उत्कृष्ट ड्राइभिङ सहायता प्रदान गर्ने लेभल ३ स्वायत्त ड्राइभिङ सुविधासँग आउनेछ। यदि कसैले  रमणीय डिजाइन, उच्च–अन्तको टेक्नोलोजी, र आरामदायी ड्राइभिङ खोज्दै हुनुहुन्छ भने, युनि–टि सबैभन्दा राम्रो विकल्प हुन सक्छ । २०२२ सालको अन्त्यसम्म, चांगन अटोले ५ विभिन्न प्रिमियम सेग्मेन्ट्सका गाडीहरु नेपालमा उपलब्ध गराउने उल्लेख गरेको छ ।