शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चोलेन्द्रको अयोग्यताले जनता बने न्याय बन्चित

बुधबार, कार्तिक १० २०७८

काठमाडौँ l सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अकर्मण्यताका कारण देशका सम्पुर्ण नागरिक न्यायबाट बन्चित बनेका छन् l

सोमबारदेखि जबराको राजीनामा नआए सम्म इजलासमा नबस्ने अडान राख्दै विरोधमा उत्रेका न्यायाधीशहरुसँग समन्वय गर्न प्रधानन्यायाधीश अयोग्य सावित हुनाले जनता न्याय बन्चित बनेका हुन् l

त्यस्तै प्रधानन्यायाधीश जबराले तोक्ने कुनै पनि पेसी नहेर्ने उनीहरुको अडान छ । मंंगलबार बिहान मात्र न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरालाई सामुहिक रुपमा भेटेर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । तर, जबराले ‘प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू पनि तयार रहेको’ जवाफ फर्काएका थिए ।

सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीशहरु राजीनामा नदिने र दिनैपर्ने अडानमा बसिरहँदा इजलास भने प्रभावित बनिरहेको छ । अति महत्वपूर्ण बन्दी प्रत्यक्षीकरण लगायतका मुद्दाको पनि सुनुवाइ हुन सकेको छैन । बरु प्रधानन्यायाधीश महाभियोग लगाएर हटाउन चुनौति दिइरहेका छन् भने संसदमा रहेका राजनीतिक दलहरु ‘तैं चुप, मै चुप’ को अवस्थामा छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीशको बचाउ हुने खालको अभिव्यक्ति दिएपछि प्रधानन्यायाधीशमाथि महाभियोग लागिहाल्ने अवस्था पनि देखिँदैन । ‘मिडियाले लेख्दैमा आफ्नो गल्ती नहुने’ अभिव्यक्ति दिने प्रधानन्यायाधीश पनि गल्ने स्थितिमा नहुँदा बुधबार पनि न्यायालयमा सुनुवाइ नहुने निश्चित छ ।