बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सर्वोच्चमा चोलेन्द्र शमशेर रहुञ्जेल वकालतमा जाँदैनौं : शम्भु थापा

बुधबार, कार्तिक १० २०७८

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदमा रहेसम्म नेपाल बार एसोसियशनले वकालत नगर्ने बताएका छन् ।

नेपाल बार सल्लाहकार समिति बैठकमा मंगलबार आफ्ना सुझाव राख्ने क्रममा उनले यस्तो बताएका हुन् । थापाले बैठकबाट बाहिरिने क्रममा यस्तो बताएका हुन् ।

थापाले नेपाल बार र र सर्वोच्च बार दुवैले बुधबारबाटै अदालतमा वकालत ठप्प पार्ने चेतावनीसमेत दिएका छन् ।

थापा नेपाल बारका पूर्व अध्यक्ष पनि रहेका छन् । ‘पछिल्लो समय न्याय क्षेत्रमा विचलन देखिएको छ ।

प्रधानन्यायाधीश आफैले निकास दिने विकल्प भनेको राजीनामा नै हो’, उनले भने, ‘प्रधानन्यायाधीश जबरा पदमा रहेसम्म नेपाल बारले वकालत ठप्प पार्छ । हामी बहस गर्न जाँदैनौं ।’