काभ्रे l काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकाको अधिवेशन शुरू भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गरे लगतै चौरीदेउराली गाउँपालिकाको पालिका अधिवेशन सुरु भएको हो l

चौरीदेउराली गाउँपालिकामा पालिका नेतृत्व सर्वसम्मत बनाउने प्रयास भइरहेको जानकारी उपलब्ध भएको छ।

अधिवेशनमा बोल्दै एमाले नेता विनोद चौलागाईले चौरीदेउरालीलाई एमालेमय बनाउने प्रण गर्नु भएको छ l