काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट परमादेश गरेर सरकार बनाउने पाँचै जनाले राजीनामा दिनुपर्ने बताएका छन् ।
पालिका अधिवेशनलाई सम्बोधन गर्दै उनले पाँच जनाले परामादेश दिएकाले प्रधानन्यायाधीशको मात्र राजीनामा मागेर नपुग्ने ताएका हुन् ।
उनले न्याय प्रणाली स्वच्छ, निष्पक्ष हुनुपर्ने स्पष्ट पारे । ओलीले राज्यका सबै अंग प्रभावकारी हुनुपर्ने धारणा राखे । सभामुख अग्नी सापकोटाले एमालेमाथि षड्यन्त्र गरेको आरोप लगाए ।
उनले अहिलेको सरकारलाई पञ्चरंगीको संज्ञा दिएका छन् । उनले पाकिस्तानी शैलीमा परादेशबाट सरकार गठन भएको बताए । एमाले बाहेकका सबै शक्ति एकै ठाउँ हुँदा पनि विकास हुन नसकेको टिप्पणी गरे ।
देशको प्रमुख पार्टी रहेकाले राष्ट्र निर्माणको अभिभारा एमालेको काँधमा रहेको बताएका हुन् । उनले जनतालाई सचेत गराउने वडा र स्थानीय तहका कमिटी रहेको धारणा राखे । उनले एकैचोटी ६ हजार बढी वडाको अधिवेशन सम्पन्न गरेको बताए ।