काठमाडौँ l केही दिनदेखि लगातार परेको भारी वर्षाका करण जन-धनमा ठूलो क्षति पुर्याएको छ । यस्तै किसानहरुले पाकेको धान भित्र्याउने समयमा परेको वर्षाले करिब २ लाख हेक्टरको धान पूर्ण क्षति भएको कृषि मन्त्रालयले जनाएको छ।
सरकारले देशका विभिन्न स्थानमा बाढीपहिरोबाट ज्यान गुमाउनेहरुका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गर्दा कृषी क्षेत्रलाई उपेक्षा गर्दै मुलुकलाई भाकोमरीको चपेटामा धकल्न खोजेको आकलन गर्न थालिएको छ l
नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले वर्षाका कारण मानवीय क्षेती हुनु अत्यन्तै दुःखद हो, तर कृषी क्षेत्रमा भएको क्षेतीलाई उपेक्षा गर्दै अगाडी बढे निकट भविस्यमा यसले ठुलो संकट निम्त्याउने छ l हाल गाउँ गाउँमा बीमाको सचेतना नपुगेकाले मात्रै ३ प्रतिसत किसान बीमाको क्षेत्राधिकार भित्र रहेका छन् l
निरन्तर परेको वर्षाका कारण अधिकाशं किसानहरूले पाकेको धान भित्र्याउन पाएनन्, यसको क्षतिपुर्ति र राहत तत्काल उपलब्ध गराउन कृषि उद्यम केन्द्रको सभापति अरुणराज सुमार्गीले सरकारसँग माग गरेका छन् ।
देशभर १३ लाख ४२ हजार ८ सय १९ हेक्टरमा धान खेती गरिएको थियो। यसमध्ये करिब २ लाख हेक्टरको धान खेती पूर्ण क्षति भएको हो। मुलत तराईका जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत देशका विभिन्न जिल्लामा गरिएको धान खेतीमा क्षति पुगेको कृषि मन्त्रालयले जानकारी दिएको छ ।
सुमार्गीले प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न निस्केको राम्रो काम भएको भन्दै किसानका दुःख हेरेर फर्किने मात्रै नभई यथाशीघ्र राहतको घोषणा गर्दै उनीहरुलाई पुनः स्थापित गराउन माग पनि गरे ।