शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दुई दिनको वर्षाको कारण मुलुक भर ३१ जनाको मृत्यु, ४३ बेपत्ता

बुधबार, कार्तिक ३ २०७८

काठमाडौं । दुई दिनदेखिको अविरल बर्षापछि आएको बाढी, पहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ । 

गृहमन्त्रालयले विहान दिएको जानकारी अनुसार अहिलेसम्म ४३ जना बेपत्ता भएका छन् । विपदमा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।   सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।

पछिल्लो  विवरणअनुसार इलाममा सात जना , पाँचथरमा छ जना , डोटीमा सात, धनकुटामा ६ , सुनसुरीमा दुई, कालीकोटमा एक, डडेलधुरामा एकसहित ३१ जनाको मृत्यु भएको हो ।  

पहिरोमा परेर हुम्लामा ६ जना , बझाङमा २३, कैलालीमा चारसहित  ४३ जना बेपत्ता भएका छन् ।  यहि क्रममा विभिन्न जिल्लाबाट ७ सय जनाको उद्धार गरिएको छ ।

 बाढी पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला सबैभन्दा बढि प्रभावित भएका छन् ।  रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा भने मौसममा केही सुधार आएको छ ।