काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ । यसअघि हिजो बसेको बैठकमा राष्ट्रिय सम्मेलनका विषयमा छलफल भएको थियो ।
सोही विषयमा थप छलफल गर्नु पर्ने भएकाले आज पनि छलफल बस्न लागेको बताइएको छ ।
बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।
आजको बैठक राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रित रहने प्रवक्ता कृष्णवहादुर महराले जानकारी दिनुभयो । हिजोको बैठकमा आगामी राष्ट्रिय सम्मेलन, प्रदेश सम्मेलन, स्थानीय तह सम्मेलन, पार्टी सदस्यता नविकरण तथा पार्टीको विभाग गठन गर्ने विषयमा छलफल भएको थियो ।