शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मुलुकभर वर्षा जारी, कहिलेसम्म पर्ला पानी ?

मंगलबार, कार्तिक २ २०७८

काठमाडौं । पश्चिमी वायु प्रणालीका कारण  मुलुकभरको मौसममा बदली भई पानी परिरहेको छ । बागमती प्रदेशका काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको हो।

मुलुकका अधिकांस स्थानमा आज दिनभर नै  वर्षाको सम्भावना  छ। मध्य भारतमा रहेका न्यून चापीय प्रणाली उत्तर तर्फ सर्दै आएकाले  उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

विशेष गरि आज तराईका केहि स्थानमा भीषण वर्षा हुने मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । यो क्रम भोलिसम्म जारी रहनेछ। बिहीबारदेखि मौसममा केही सुधार आउने विभागको भनाई छ।

बिहीबारदेखि पानी पर्न रोकिए पनि त्यसपछिको केहि दिनसम्म पनि आकाश भने धुम्म भइरहने विभागले जनाएको छ।