काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेकोमा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।
बा४ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौँ आउने क्रममा दुर्घटनामा परेको थियो । सो बसको छतमासमेत यात्रु चढेका थिए ।
अत्याधिक भार भएकाले ब्रेक फेल भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।