बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

टिकाको दोस्रो दिन आज पनि टिका लगाउने क्रम जारी, बजार पसलमा चहलपहल बढ्न थाले

शनिबार, असोज ३० २०७८

काठमाडौं । टिकाको दोस्रो दिन आज पनि टिका लगाउने क्रम जारी छ । हिजो टिका लगाउन नपाएकाहरुले आज पनि मान्यजन र आफन्तको हातबाट टिका लगाउने प्रचलन छ ।

आज बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा टिका थाप्न जानेको घुइँचो रहेको छ । हिजो बिहान साइतमा टिका लगाएपनि टाढा रहेका आफन्तकहाँ टिका लगाउने जाने क्रम पूर्णिमासम्म रहन्छ ।

टिकाअघि काठमाडौं उपत्यका सुनसान रहेपनि आज भने बिहानैदेखि सर्वसाधारणको आवागमन बढेको छ ।