शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गाँजा ओसार्ने ग्याँसको गाडी

बिहिबार, असोज २८ २०७८

पर्सा । पर्साको वीरगञ्जस्थित आइसिपी गेटमा ग्याँस बुलेटमा १२० किलो लागुऔषध गाँजा फेला परेको छ ।

एलपी ग्याँस बोक्ने भारतीय नम्बरको बुलेटमा बुधबार दिउँसो चार बजेतिर गाँजा फेला परेको हो ।

वीरगञ्ज महानगरपालिका–२५ स्थित आइसिपी गेटमा शंकास्पद अवस्थामा रोकिएको ग्याँस बुलेटलाई जाँच गर्दा चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको १२० किलो गाँजा फेला परेको प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए ।

ग्याँस बुलेट र सो गाँजा नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले बताएका छन् ।