शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दशैं मनाउन ४५ अर्ब रकम राष्ट्र बैंकबाट बाहिरियो, १३ अर्बको नयाँ नोट सटही

मंगलबार, असोज २६ २०७८

काठमाडौँ । दशैं मनाउनका लागि आम मानिसहरुले असोज महिनामा मात्रै बैंक तथा वित्त संस्थाहरुबाट ४५ अर्ब रकम झिकेका छन् ।

कुल रकमको १४ प्रतिशत बराबरको रकम बैंक तथा वित्त संस्थासँग रहेको छ। अर्थात करिब ९७ अर्ब बराबरको रकम बैंक तथा वित्त संस्थासँग रहेको छ । यस बाहेकको सबै रकम आमसर्वसाधारणसँग रहने गरेको  छ ।

दशैंका समयमा नयाँ नोट, नयाँ कपडा र खाद्यान्न खरिदका  साथै भैपरि आउने खर्चका लागि भनेर सर्वसाधारणले बैंकबाट पैसा निकालेर राख्ने गर्छन् । जसका कारण दशैंका समयमा बैंक तथा  वित्त संस्थाबाट ठूलो रकम आमसर्वसाधारणको खल्तीमा पुग्छ ।

आइतबार साझसम्म  नेपाल राष्ट्र बैंकले १३ अर्ब बराबरको नयाँ नोट साटेको छ । बिगतका वर्षहरुमा करिब १० अर्ब बराबरको नोट साट्ने गरेकामा यसपालि १३ अर्ब सटही गरेको छ ।

दशैंमा टिका लगाउँदा प्रयोग गर्नेगरि यस्तो नोट प्रतिब्यक्ति १८ हजार ५ सय सम्म सटही  गर्ने सुविधा दिएको थियो । राष्ट्र बैंकसँगै उपत्यकामा २७ वटा बाणिज्य बैंकका १० वटा साखाहरुबाट नोट सटहिको सुविधा दिएको थियो ।

नयाँ सटहीका लागि भनेर बैंक तथा वित्त संस्थाहरुले ८ अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकसँग सटही गरेर  लगेको राष्ट्र बैंंकले जनाएको छ ।

अन्य बैंकबाट पनि नयाँ नोट सटहि गर्न सक्ने व्यवस्था गरिएकाले  बिगतका वर्षहरुमा जस्तो राष्ट्र बैंकमा नयाँ नोट साट्नेको घुइचो भने यसपालि देखिएन । गत वर्ष त महामारीका कारण राष्ट्र बैंकले नोट सटहि नै गरेको थिएन ।

दशैंमा टिका लगाउँदा नयाँ नोट प्रयोग गर्ने प्रचलन छ  । तर टिका लगाउने  क्रममा नोटमा रङ र  पानी लाग्दा  नोट झुत्रो बन्छन् । नोट झुत्रो भएपछि नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकले वर्षमा ४० करोड बराबरको खर्चनु पर्छ ।  त्यसैले यस्तो खर्च कम गर्नका लागि नोटको प्रयोग गर्नेतर्फ आमजनता पनि सचेत हुन जरुरी छ ।

दशैंका समयमा नयाँ नोट, नयाँ कपडा र खाद्यान्न खरिदका  साथै भैपरि आउने खर्चका लागि भनेर सर्वसाधारणले बैंकबाट पैसा निकालेर राख्ने गर्छन् । जसका कारण दशैंका समयमा बैंक तथा  वित्त संस्थाबाट ठूलो रकम आमसर्वसाधारणको खल्तीमा पुग्ने गरेको छ ।