शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पाँच दलीय गठबन्धनमा छैटौं दल अदालत

मंगलबार, असोज २६ २०७८

काठमाडौँ l नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाँच दलको गठबन्धन भन्ने गरिए पनि छैटौं दल थपिएको प्रमाणित भएको टिप्पणी गरेका छन्।

तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा काठमाडौँमा सोमबार आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको कार्यक्रममा बोल्दै नेता नेम्वाङले यस्तो बताएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणातर्फ लक्षित गर्दै तीन दिन मन्त्री भएको र राजीनामा दिएकाले गठबन्धन सरकारमा छैटौं दल समावेश भएको पुष्टि हुने तर्क गरे। उनले यो विषय जटिल भएको बताउँदै यसमा नागरिक समाज र राजनीतिक दलले छलफल गर्नुपर्ने बताए।

नेता नेम्वाङले भने, ‘होइन अहिले ५ दलको गठबन्धन छ भनियो, फेरि अर्को छैटौं थपियो रे भन्ने चर्चा र हल्ला छ, त्यो छैटौँ पक्षबाट मन्त्री पनि हुनुभयो। तीन दिनमा राजीनामा पनि दिनुभयो। भनेपछि त्यो कुरा त साँच्चै रहेछ। 

यस्ता यस्ता इस्युज उठेको सन्दर्भमा राजनीतिक दलले र नागरिक समाजले व्यापक छलफल गर्नुपर्छ। सिंगो देश यो सन्दर्भमा छलफल गरेर निर्णयमा पुग्ने प्रक्रिया त्यो नै प्रजातन्त्र हो, समसामयिक विषय थुप्रै छन् जसको हामीले छलफल गर्नुपर्छ।’