शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उद्योग मन्त्रालय कसलाई ?

सोमबार, असोज २५ २०७८

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी अन्य कसैलाई नदिई आफु स्वयंले राख्ने भएका छन् l

गजेन्द्र हमालले उद्योगमन्त्री पदबाट राजीनामा दिएपछि खाली रहेको मन्त्रालयको जिम्मेवारी देउवा आफैले नै राखेका हुन् ।

नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री हमालले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार देउवा आफैँले सम्हाल्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

विवादमा तानिएपछि हमालले आइतबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।