शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कास्कीको घान्द्रुकमा जीप दुर्घटनाहुँदा ८ जनाको मृत्यु, एक महिला भीरमा अड्किएर बाच्न सफल

सोमबार, असोज २५ २०७८

काठमाडौं । काठमाडौबाट घुम्न हिडेको टोली चढेको जीप कास्कीको घान्द्रुकमा दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ । नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप हुदु भन्ने डाँडाबाट खस्दा दुर्घटनामा परेको हो ।

घान्द्रुक प्रहरी चौकीका प्रमुख सोमवहादुर कुँवरका अनुसार  जीप १ सय मिटर तल खसेको छ ।  
जीपमा ९ जना सवार थिए ।

एक जना महिला भने भीरमा अड्केर बाँच्न सफल भएकी छन् । घाईतेलाई उपचारकालागि गण्डकी अस्पताल लगिएको छ । मृतकमध्ये जिप चालक खुशीमान क्षेत्रीको मात्रै परिचय खुलेको प्रहरीले जनाएको छ ।

अन्य ७ जनाको सनाखत हुन सकेको छैन । उनीहरु  दसैं विदामा पैदलयात्राका लागि जादै गरेको बताइएको छ ।