शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पाल्पामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

आइतबार, असोज २४ २०७८

काठमाडौं । पाल्पाको बगनासकाली गाउँपालिका–२ मा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बिहान साढे ७ बजेतिर  स्याङ्जाबाट बुटवल  जाँदै गरेको ग २ ख ३३५ नंको ट्रकले ठक्कर दिँदा बगनासकाली–२ बस्ने ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ ।