काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै चर्को आलोचना खेपिरहेका उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन् ।
चौतर्फी आलोचना भइरहेकाले आफू विवादमा नफस्ने भन्दै उनले मन्त्री पदबाट राजीनामा दिने बताएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् ।
‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु,’ उनले भने ।
देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।