बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

तालिवानसँग अमेरिकाले पहिलो पटक औपचारिक वार्ता गर्दै, तालिवान सरकारलाई तत्काल मान्यता नदिने

शनिबार, असोज २३ २०७८

काठमाडौं । तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकाले पहिलो पटक तालिबानसँग औपचारिक वार्ता गर्ने भएको छ ।

अमेरिका र तालिबानबीच आज र भोलि कतारको राजधानी दोहामा वार्तामा हुने तय भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । गत अगष्टमा विद्रोही तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले सबै सैनिक फिर्ता गरिसकेको छ ।

त्यस यता अमेरिकाको  तालिबानसँग औपचारिक संवाद समेत भएको छैन । अफगानिस्तानमा तालिबान आएपछि भएको हिंसा र महिला तथा बालिकासहितको मानव अधिकार उलंघनका विषयमा दबाब दिने अमेरिकाको तयारी छ ।

त्यस्तै अमेरिकाले तालिवान सरकारमा समावेशी सरकार गठनका लागि पनि दबाब दिने बताएको छ । सँगसँगै अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकको स्वदेश फिर्तालाई मुख्य एजेण्डा बनाएको छ । अमेरिकाले तत्कालै तालिबान सरकारलाई मान्यता नदिने बताइसकेको छ ।