बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेक्स सरोगेट थेरापी : घाइते सैनिकको उपचारमा प्रभावकारी बन्दै

शुक्रबार, असोज २२ २०७८

धेरै देशहरुमा ‘सरोगेट सेक्स थेरापी’ विवादास्पद छ र व्यापक रुपमा यसको प्रयोग हुन सकेको छैन । यो एउटा यस्तो थेरोपी हो, जहाँ बिरामीका लागि एक यौनसाथी दिइन्छ । यद्यपि, इजरायलमा सरकारी खर्चमा नै गम्भीर घाइते सैनिकलाई यस प्रकारको सेवा उपलब्ध गराइन्छ । 

इजरायली सेक्स थेरापिस्ट रोनित अलोनीको तेल अभिवमा रहेको परामर्श कक्षमा हामीले अपेक्षा गरेका कुरा नै देख्छौं । ग्राहकका लागि एक सानो आरामदायी सोफा र महिला पुरुषका यौनांगका चित्रहरु । तर छेउको अर्को कोठा भने फरक र अचम्मलाग्दो छ । त्यहाँ एउटा बेड छ, जसको नजिक मैनबत्तीहरु हुन्छन् । 

अलोनीले आफ्ना ग्राहकहरुलाई अन्तरंग सम्बन्ध यौन सम्पर्क कसरी गर्ने भने सिकाउनका लागि यो कोठा बनाएका हुन् । जसमा पैसा तिरिएका यौनसाथीहरुले यौनक्रियाकलापबारे सिकाउँछन् । यो होटलजस्तो नभई घरजस्तो अपार्टमेन्टजस्तो रहेको अलोनी बताउँछिन् । 

उनको त्यस विशेष कोठामा एउटा बेड, सीडी प्लेयर, बाथरुम र भित्तामा कामुक कलाकृति छन् । जोडीले गर्ने यो थेरपी यौनसाथी नभई पूरा गर्न नसकिने उनले बताइन् । यदि कोही महिला वा पुरुष एक्लै छ भने सरोगेट साथ जोडी बनिदिने उनले जनाइन् । 

केही आलोचकहरु यसलाई वेश्यावृत्ति भएको जस्ता बताउँछन् । तर, सरकारले नै घाइते भएका र यौन सम्पर्क राख्न नसकेका सैनिकलाई खर्च बेहारिदिँदा यो केही हदसम्म स्वीकार्य पनि भएको छ । 

यौन पुनस्थापनाको विषयमा विद्यावारिधि गरेका अलोनी मानिसहरुले अरलाई सन्तुष्टि दिन सक्ने र आफूले पनि अरु कसैसँग सन्तुष्टि लिन सक्ने भन्ने महसुस गर्न आवश्यक भएको बताउँछिन् । ‘यो वेश्यावृत्तिजस्तो हुँदै होइन,’ उनले भनिन्, ‘८५ प्रतिशतभन्दा बढी अन्तरंग सम्बन्धबारे सिकाउँछौं ।’ 

ए नामका एक इजरेली सैनिकले इजरायलको रक्षा मन्त्रालयबाट यौनसेविकाबाट पाइने थेरापीका लागि पैसा पाएका छन् । ३० वर्षअघि अग्लो स्थानबाट खस्दा उनको कम्मरमुनिको भाग नचल्ने भएको थियो । त्यतिबेला उनको विवाह र सन्तान भइसकेका थिए । त्यसपछि उनले यौन सम्पर्क गर्न सकेनन् । उनी श्रीमतीले उनलाई यौन सम्बन्धबारे चिकित्सक वा थेरपिस्टसँग सहयोग लिन प्रोत्साहित गरिन् । 

अहिले ती सैनिकले यौन क्रियाकलापको चरणको बारेमा अलोनीको परामर्श कक्षबाट धेरै कुरा सिकेका छन् । ती सैनिकले यसरी सरकारले खर्च गर्नु ठीकै भएको बताउँछन् । तीन महिनाको उपचारका लागि ५ हजार ४०० डल खर्च हुन्छ । ‘सरोगेट यौनसाथीको जाने चाहना भए पनि म जीवनका सबै पक्षमा पुनःस्थापित हुन गएँ, तर त्यहाँ म उनीसँग प्रेममा परिनँ । म विवाहित हुँ । विधि जान्नका लागि मैले यो उपचार गरेको हुँ ।’

उनी यौन जीवनको एउटा अंग र सन्तुष्टि भएको बताउँछन् । ‘म धेरै महिलाहरुसँग सम्बन्ध राख्ने पुरुष बन्न खोजेको होइन, त्यो विषय नै होइन ।’

अलोनीको क्लिनिकमा यौन दुर्व्यवहारबाट पीडित र चिन्ताका कारण प्रेम सम्बन्ध नबनाउन नसकेका व्यक्तिहरु पनि गोप्य रुपमा पुग्छन् । जसमा विभिन्न उमेर समूह र फरक पृष्ठभूमिका व्यक्तिहरु हुन्छन्, जो शारीरिक र मानिसक स्वास्थ्यका समस्याले ग्रस्त हुन्छन् । 

अलोनीले सुरुमा अपांगता भएका ग्राहकलाई केन्द्रित गरेर काम गरेकी थिइन् । उनले एक सरोगेटसँग भेट गरिन्, जसले न्युयोर्कमा रहँदा अपांगता भएका व्यक्तिसँग काम गर्थिन् । त्यसपछि उनलाई यस किसिमको क्लिनिकबारे आइडिया आयो । 

सन् १९८० मा नेतृत्वमा रहेका यहुदी धर्मगुरुबाट सरोगेटका रुपमा काम गर्न अनुमति पाएपछि उनले क्लिनिक खोलिन् । तर, विवाहित व्यक्तिले सरोगेट बन्न नपाउने धर्मगुरुहरुले नियम बनाएका थिए । त्यसलाई स्वीकार्दै उनले ग्रामीण समुदाय किब्बट्स्थित पुनःस्थापना केन्द्रमा थेरापी दिन थालेकी थिइन् । 
विस्तारै उनी लोकप्रिय भइन् । उनको क्लिनिकबाट सेवा लिएका १ हजार मानिसमध्ये धेरै सेनाबाट अवकाशप्राप्त घाइते छन् । धेरैको मस्तिष्कमा चोट पुगेको र मेरुदण्ड भाँचिएको छ । उनीहरुलाई इजरायल सरकारले उपचारको लागि खर्च उपलब्ध गराउँदै आएको छ । 

डेभिड नामका एक ४० वर्षीय सैनिक सन् २००६ मा लेबनान युद्धमा घाइते भए । उनी हिँड्न र बोल्न नसक्ने भए । व्यावसायिक थेरापिस्टको सहयोगले मात्र उनी दोहोरो कुरा गर्न सक्छन् । त्यसपछि उनले थेरापी सुरु गरे । ‘थेरापीले म आफूलाई पुरुष, युवा र सुन्दर महसुस गर्न थालेँ,’ उनले भने । 

सेराफिनाले सरोगेटका रुपमा अलोनीसाग काम गरेको एक दशकभन्दा बढी भयो । उनले आफ्नो अनुभव समेटेर पुस्तक पनि लेखेकी छन् । मोर द्यान अ सेक्स सरोगेट नामको पुस्तकमा उनले अन्तरंग र माया गर्ने तरिकाबारे लेखेकी छन् ।

सरोगेटसँगै उनी कलाक्षेत्रमा पनि काम गर्छिन् । थेरापीको क्रममा स्पर्श वा शरीरको प्रयोगका सम्बन्धमा मलाई कुनै आपत्ति छैन, बरु मलाई यो आकर्षक लाग्यो,’ उनले भनिन् । उनले सैनिकसहित ४० ग्राहकसँग काम गरेकी छन् । ग्राहकसँग नजिकिएपछि छुटिन आवश्यक भए पनि कठिन हुने उनको भनाइ छ । 

अलोनी मानिसको आत्मसम्मान पुनःस्थापना नगरेसम्म गाह्रो हुने बताउँछिन् । जीवनको यौनको पक्षलाई उपेक्षा गर्न नसकिने बरु यो महत्वपूर्ण र शक्तिशाली हुने उनको भनाइ छ । यौनबारे आधुनिक समाजले अस्वस्थ प्रवृत्ति विकास गरेको उनी ठान्छिन् । 

‘यौनिकतालाई ठट्टा बनाउने, अपमानित गर्ने गछौं,’ अलोनीले भनिन्, ‘यौनिकता भनेको जीवन हो । यो नै प्रकृति हो । यसैबाट जीवन बन्छ । त्यसैले यसलाई जीवनसँग गाँस्नुपर्छ ।’ -बीबीसीबाट