आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

चोलेन्द्र श्रीमानसँग सत्ता गठबन्धनको सेटिङ आन्तर्यः मन्त्रीमा कोटा, बिचौलियाको प्रस्ताव !

मंगलबार, असोज १९ २०७८

काठमाडौं। सर्वोच्चका विचौलियादेखि सालो केटोलाई मन्त्री बनाउन सत्ता गठबन्धनसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको जेन्टलम्यान एग्रीमेन्ट भएको नयाँ कथा बाहिर आएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नू भनी राष्ट्रपति कार्यालयलाई परमादेश दिनका निम्ति यस्तो सम्झौता भएको बताइन्छ।  

मन्त्रिपरिषद विस्तारमा ढिलो हुनुको कारण पनि यहि रहेको बताइएको छ। यो सबै सेटिङ मिलाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देउवा र माधवकुमार नेपालबीच सहमति भएको स्रोतको दाबी छ। 

राणाको कोटाबाट सर्वोच्च अदालतका पूर्व आइटी विज्ञ दिपक तिमिल्सिना र गजेन्द्र हमाललाई मन्त्री बनाउन प्रस्ताव गरेका छन्। तिमिल्सिनालाई तत्कालिन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले बर्खास्त गरेका थिए। तिमल्सिना बिचौलिया भएको बताइन्छ।

अदालतले परमादेश जारी गरेर नै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सीमाक्षेत्र नाघेको विषय विवादमा थियो। प्रतिनिधि सभा विघटनलाई बदर गर्न सक्ने सर्वोच्चको क्षेत्राधिकार भए पनि प्रधानमन्त्री नै नियुक्तिको यस्तो आदेश भने विरलै आउने गरेको भनी आलोचना भएको थियो।