काठमाडौँ । चर्चित टेलर्स बाणिज्य विभागको कार्वाहिमा परेको छ । खरिद बिल नदेखाएको भन्दै बाणिज्य विभागले उसलाई कार्वाहि गरेको हो ।
जेबी टेलर्सको सुन्धाराको सिटिसि मलमा रहेको साखाले चलानी , खरिद बिलका साथै मूल्य पनि ज्याला सहित जोडेर कपडामा टासेकाले बिभागले कार्वाहि गरेको हो ।
विभागले एक पटकका लागि १० हजार रुपैयाँ कार्वाहि गरेको छ । चाडपर्व नजिकिएसँगै बाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन बढाएको छ । यहि क्रममा बिभागले आइतबार सिटिसि मल र चाइना टाउनमा अनुगमन गरेको थियो ।
गत भदौमा २ सय ४० स्थानमा बजार अनुगमन गरेको विभागले असोज महिनाका १६ दिनमा नै ३ सय १४ स्थानमा अनुगमन गरिसकेको छ । चाडपर्व नजिकिएसँगै विभागको अनुगमन बढेपति ति ग्राहकको भिडभाड हुने स्थान भन्दा पनि मलहरुमा केन्द्रित भएको देखिन्छ ।
हुनत विभागले खाद्यान्न पसलहरुमा अनुगमन नबढाएको पनि होइन, तर चाडपर्व नजिकिएँगै खरिद गरिने ल्यापटप तथा मोबाइलका पसलमा ग्राहकको भिड बढेपनि विभाग पुग्न सकेको छैन । विभाग भने चाडपर्वका समयमा कपडा र खाद्यान्न बढि खपत भएकाले त्यहाँ अनुगमन केन्द्रित गरेको दाबी गर्छ ।
खरिद बिल नै नराख्ने, मूल्यसूचि नटास्ने र अस्वाभाबिक रकम असुल्ने ब्यापारीहरुको बानीमा सुधार ल्याउन विभागले चाडबाडका समयमा मात्रै होइन, अन्य बेलामा पनि चाडबाडकै जसैगरि अनुगमन गर्ने र कडा कार्वाहि गर्नु जरुरी छ ।
अनुगमन पटक पटक नभएकाले बजारमा बस्तुको भाउ बढ्न भने छाडेको छैन । विभागको अनुगमन खाद्यान्न पसल तथा कपडामा मात्रै केन्द्रित भएको छ अन्यमा भने विभागले अनुगमन बढाउन सकेको छैन ।
गत जेठमा बजारमा भटमासको तेलको मूल्य २ सय ३० रुपैयाँ थियो । जुन अहिले बढेर प्रतिलिटर २ सय ५० भएको छ । यसैगरि चिनीको मूल्यपनि बिगत तीन महिनामा किलोमै २० रुपैयाँ बढाएको छ । चाडपर्व नजिकिएसँगै बजारमा बाणिज्य विभागको अनुगमन बढेको छ । तर,पनि त्यसले अस्वाभाविक रुपमा बढेको भाउ भने घटाउन मात्रै होइन नियन्त्रण समेत गर्न सकेको छैन ।
यस्ता अनुगमन बिगतका बर्षमा पनि बिभागले नगरेको होइन, तरपनि ब्यापारीको बानीमा भने विभागको अनुगमनले सुधार ल्याउन सकेको छैन । त्यसैले अब विभागले आफ्नो अनुगमनको संख्या बढाउनु पर्छ ।