बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अमेरिकाबाट दिनेशले ल्याए ‘रिसाउ न त रिसाउ’ 

बुधबार, असोज १३ २०७८

काठमाडौँ l रिसाएकी प्रेमिकालाई फकाउन आउदैन ? अब प्रेमिका फकाउने नयाँ गीत बजारमा आएको छ ।  गायक प्रताप दासको स्वरमा समावेश ‘रिसाउ न त रिसाउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ । नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन् । अमेरिकामा छायांकन भएको  भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ । 

म्युजिक भिडियोमा दिनेश खनाल र बिष्णु मिश्रलाई क्युट कपलको रुपमा प्रस्तुत गरिएको छ । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । मोडल खनालको आधिकारिक च्यानल दनेश खनाल अफिसिएल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।