बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

इलामको चुलाचुलीमा सरकारी कामकाजकालागि लिम्बू भाषा प्रयोगमा

मंगलबार, असोज १२ २०७८

काठमाडौ । इलामको चुलाचुली गाउँपालिका–१ हात्तीलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै किराँत श्रीजङ्घा लिपी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइने भएको छ ।

वडा कार्यालयले  औपचारिकरूपमा घोषणा सभामार्फत लिम्बू भाषा प्रचलनमा ल्याएको वडाध्यक्ष पूर्ण लावतीले जानकारी दिए । लिम्बू बहुल बसोबास रहेको सो वडाले वडाभित्रका सरकारी कार्यालयमा सरकारी कामकाजी भाषाका रूपमा लिम्बु भाषालाई प्रयोग गरेको हो ।

लिम्बू भाषा सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउने काम चुलाचुली गाउँपालिकाको हकमा भने यो पहिलो भएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताए ।