आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

वर्षाका कारण पछिल्लो ५ महिनामा एक अर्ब भन्दा बढीको क्षति, २ सय ४१ जनाको मृत्यु

सोमबार, असोज ११ २०७८

काठमाडौं । विगत पाँच महिनामा अधिकांश वर्षाजन्य विपदका कारण एक अर्ब रुपैयाँ बढीको क्षति भएको छ ।  राष्ट्रिय आपतकालीन कार्यसन्चालन केन्द्रले बाढी पहिरोका साथै आगलागीका घटनाका कारण एक अर्ब एक करोड रुपैयाँको क्षति भएको जनाएको छ ।

ती घटनामा परी दुई सय ४१ जनाको मृत्यु भएको छ भने चार सय ९१ जना घाइते भएका केन्द्रले जनाएको छ ।

यस्तै, पछिल्ला वर्षमा हिमालमा हिउँको चक्र परिवर्तन हुँदा जनजीवन प्रभावित हुन लागेको हिमाली क्षेत्रका बासिन्दाले बताएका छन् ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले खानेपानीदेखि सिंचाईमा समेत समस्या भएको बताए ।