आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एकातिर एमसीसी बहस, अर्कोतिर नेपाली सेना र अमेरिकन सेनाबीच सहकार्य

आइतबार, असोज १० २०७८

काठमाडाैं ।  नेपाली सेना र अमेरिकी सेनाबीच विस्फोटक पदार्थ निष्क्रिय पार्ने प्रविधिबारेको विज्ञता आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर बहस चुलिरहेका बेला दुई देशका सैनिकबीच अनुभव आदान प्रदान भएको हो ।

USA-Army-&-Nepali-Sena-E-2021-09-25-06-09-17.jpeg

यूएस एम्बेसी, काठमाडाैंले हालै अमेरिकी सेना प्यासिफिकको काउन्टर IED फ्युजन सेन्टरको सहयोगमा अमेरिकी विज्ञहरूको एक टोलीले नेपाली सेनाका सहकर्मीहरूसँग विष्फोटक पदार्थहरू निष्कृय पार्ने सम्बन्धी प्रकृया र उत्तम प्रविधिहरूका बारेमा विज्ञता आदान-प्रदान कार्यक्रम सम्पन्न गरिएकाे सचित्र सार्वजनिक गरेकाे छ ।

USA Army In Nepal 1 E.jpg

दूताबासका अनुसार, सो क्रममा दुई देशबीचको सुमधुर सम्बन्ध अझै सुधार गर्नेबारे पनि छलफल भएको थियो ।

Nepal Army & USA Army E.jpg

अमेरिकी दूतावासले दुई देशका सैनिकबीच भएको अनुभव आदान प्रदान कार्यक्रमको तस्बिर पोस्ट गर्दै दशकौं पुरानो नेपाल–अमेरिका सैन्य सम्बन्ध समेत स्मरण गराएको छ । साँघ साप्ताहिकमा खबर छ l

USA E.jpg