आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बाहिर निस्किदै हुनुहुन्छ ? हेर्नुस आजको मौसम !

शनिबार, असोज ९ २०७८

काठमाडौं । आज मुलुकभरको मौसम सामान्य  बदली भइ केहि स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा परेकाले आज राती भने केहि स्थानमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाको अनुमान छ ।  

मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेकाले   हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति थोरै स्थानहरुमा  चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ।