आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

त्रिशुलीमा कार खस्दा तीनजना बेपत्ता, एक घाईते

शुक्रबार, असोज ८ २०७८

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरा  जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । एकजना घाइते भएका छन् । बिहीबार राति १२  बजेतिर कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो ।
 
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार  पोखरा महानगरपालिका–१७ का ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते भएका हुन् रहनुभएको छ ।

उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा  उपचार भइरहेको छ । घाईते सुवेदीका अनुसार सो कारमा पोखराकै ६० वर्षीय प्रेमबहादुर भुजेल, ५५ वर्षिय लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार थिए।

उनीहरु कारसहित  बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरुको खोजी जारी छ ।