आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

गुल्मीमा पहिरोले घर पुरिदा एकै परिवारका तीनजनाको मृत्यु

बुधबार, असोज ६ २०७८

काठमाडौं ।  गुल्मीमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा पहिरो जाँदा स्थानीय तिलक परियारका तीन छोरीको मृत्यु भएको हो ।

रातभरी परेको वर्षाका कारण खसेको पहिरोले पुरिदा २१ बर्षिया भावना र १४ बर्षका जुम्ल्याहा गंगा र जमुनाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेका अनुसार राती करिब एक बजे घरमाथि पहिरो खस्दा  सुतिरहेका उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।  

घरका अन्य ब्यक्तिहरु भने सुरक्षित छन् । नेपाली सेना र नेपाल प्रहरीले पुरिएकाहरुको शव निकालेको छ ।

तिलक परियारको घरमा ६ जनाको परिवार थियो । जसमध्ये ३ जना छोरीको मृत्यु भएको र तिलक, उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।