आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सप्तरीमा दुई बालबालिकासहित तीनजनाको डुबेर मृत्यु

बुधबार, असोज ६ २०७८

काठमाडौं । सप्तरीको छुट्टाछुट्टै ठाउँमा दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियास्थित नहरमा डुबेर स्थानीय भतो मन्सुरीकी १२ वर्षीया छोरी सबना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै सप्तरीको खडक नगरपालिका–८ मुसहरनिया बस्ने राजेशकुमार चौधरीको अन्दाजी तीन वर्षीया छोरी एलिजाकुमारी चौधरीको आफ्नै घर नजिक पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

त्यस्तै सप्तरी महादेवा गाउँपालिका–४ परसाही टोलमा सार्वजनिक पोखरीमा डुवेर  ३० वर्षीया  लक्षनकुमारी सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।