आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

विश्वकै १० उत्कृष्ट शहरमा चाँगुनारायण नगरपालिका छनौट

बुधबार, असोज ६ २०७८

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र परेको छ । चाँगुनारायणले अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा उत्कृष्ट १० को उपाधि उपाधि हासिल गरेको हो ।

अन्तर्राष्ट्रिय जगत्मा नेपालको तर्फबाट यो उपाधि जित्ने चाँगुनारायण नगरपालिका पहिलो नगरपालिका हो । 

तथ्याङ्क व्यवस्थापन एवं खुला तथ्याङ्क प्रणालीको क्षेत्रमा संसारका उत्कृष्ट १० सहरको छनोटमा चाँगुनारायण नगरपालिका परेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।