आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

काभ्रेका चार स्थानीय तह कोरोना मुक्त, असोज १० गतेसम्म जिल्लामा अझै मिक्स लकडाउन

सोमबार, असोज ४ २०७८

काठमाडौं । काभ्रेका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएको बताएको हो । 

पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण नदेखिएको केन्द्रले जनाएको छ । कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् ।  
काभ्रेमा छ नगर र सात गाउँपालिका छन् ।

जिल्लामा हाल १०१ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ३३, पाँचखालमा १६, धुलिखेलमा १८, पनौतीमा १०, नमोबुद्धमा ११ तथा भुम्लु सात र बेथानचोक गाउँपालिकामा चार सङ्क्रमित रहेको बताइएको छ । 

जिल्ला प्रशासन कार्यालयले हाल जिल्लामा असोज ५ गतेसम्म १० दिन ‘मिक्स लकडाउन’ थपेको छ ।