आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एकसाता लामो स्थगनपछि संसद बैठक बस्दै, विनियोजन विधेयक पास गर्ने तयारी

सोमबार, असोज ४ २०७८

काठमाडौं । सरकारले प्रतिनिधिसभाबाट आज  विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ ।

विनियोजन विधेयकको मन्त्रालयगत तथा सचिवालयले तयार गरेको विभिन्न शीर्षकहरुमाथि आजै समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय सभामुखले तोक्ने जानकारी सांसदहरुलाई गराई सकिएको संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभएको छ ।

संसद सचिवालयका अनुसार आज प्रतिनिधिसभामा शुरुमा विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथि छलफल हुन्छ र सांसदहरुले उठाएको प्रश्नको जवाफ अर्थमन्त्रीले दिनुहुनेछ  । २३ भदौमा सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ ।

उसले आज पनि नाराबाजीलाई निरन्तरता दिने बताएको छ ।