आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एकीकृत समाजवादी पार्टी कार्यालयको मासिक भाडा कति ?

शुक्रबार, असोज १ २०७८

काठमाडौँ l नेकपा (एकीकृत समाजवादी)ले काठमाडौंको तीनकुनेमा पार्टी कार्यालय सञ्चालन गरेको छ। नेकपा एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीले तीनकुनेस्थित आलोकनगरमा घर भाडामा लिएर कार्यालय सञ्चालन गरेको हो।

मासिक ३ लाख २५ हजार भाडा तिर्ने गरी पूजा थापा बस्नेतको घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। 

कार्यालय रहेको भवनमा १५ कोठा तथा बैठकका लागि सभाहल समेत रहेको उनले बताए। पार्टीले उक्त घर पाँच वर्षका लागि भाडामा दिएको हो। 

नेकपा एमालेबाट विभाजित भएर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो।