आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जीप दुर्घटनाहुँदा रामेछापमा तीनजनाको घटनास्थलमै मृत्यु

बिहिबार, भाद्र ३१ २०७८

काठमाडौं । काठमाडौंबाट ओखलढुंगाको खिजी जाँदै गरेको यात्रुवाहक जिप आज बिहान रामेछापको मन्थली नगरपालिका–६ कुनौरी भिरमा दुर्घटनाहुँदा तीन जनाको  घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार  जिप दुर्घटनामा मृत्यु भएका मध्ये चालक लाक्पा शेर्पाको मात्र परिचय खुलेको छ ।

अन्य दुई जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएका १२ वर्षीय पेम्बा शेर्पालाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।पुष्पलाल मार्गमा पर्ने सो भिरमा साँघुरो सडकका कारण यसअघि पनि पटकपटक दुर्घटना हुदै आएको छ ।